काठमाडौं । आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्ने छ । महाशाखाका अनुसार आज राति कोशी र वागमती प्रदेशमा भने आंशिक बदली हुनेछ । तराई भूभागका अधिकांस स्थानमा आज पनि विहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।
हुस्सु, कुहिरो तथा शितलहरका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । त्यस्तै, चिसोबाट बच्न आवश्यक उपायहरु तथा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।




