धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि भौतिक आक्रमण भएको छ । शुक्रबार सात आठ जनाको संख्यामा आएको अज्ञात समुहले यादवमाथि आक्रमण गरेका हुन् ।
जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचाररत स्थानीयको स्वास्थ्य अवस्था बुझी आफ्नो निवास फर्कने क्रममा करिव शुक्रबार १२ः४५ बजे अज्ञात समुहले यादवमाथि आक्रमण गरेका हुन् ।
सो घटनाको विरोध गर्दै मुखियापट्टी मुसहरनियाँ गाउँपालिका, जसपाको धनुषा जिल्ला समिति लगायतले विज्ञप्ति निकाल्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।




