सिन्धुली । सुनकोशी गाउँपालिका ५ मुलकोटबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ग्रामसहित रूपन्देही गैडहवा गाउँपालिका १ घर भएका २८ वर्षीय प्रकाश थापा र सप्तरी सुरूङ्गा नगरपालिका २ घर भएका २२ वर्षीय निराजन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




