काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय दाङले बहुविवाह गरेको आरोपी विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । बिहिबार प्रहरीले घोराहीका सरोज पौडेललाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
शुक्रबार सरकारी वकिल कार्यालयको निर्णयअनुसार पौडेललाई थुनामुक्त गरिएको छ । बहुविवाह गरेका पौडेललाई पक्राउ गरेको भोलिपल्ट हतार हतार प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो । पौडेलविरुद्ध जेठी पत्नीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।




