वीरगंज । भारतको अयोध्यामा सोमबार माघ ८ गतेका दिन हुने राममन्दिर उद्घाटनलाई लिएर पर्सा जिल्लामा पनि धूमधामका साथ तयारी भएको छ । एक सातादेखि पर्सा जिल्लाका विभिन्न पालिकाहरूमा यसको तयारी गरेको हो ।
अहिले वीरगंज महानगरपालिकाको घण्टाघरदेखि बिर्तासम्मको मेनरोडका पसल, घरहरूमा रामनामी झन्डा झुन्ड्याइएको छ । यसैगरी, घण्टाघरदेखि बिर्तासम्म मेनरोडका दुवैतर्फका पोलहरूमा झालरबत्ती राखेर सडक झिलीमिली गरिएको छ ।
यसैबीच, वीरगंज महानगरपालिकाले वीरगंज १० घडीअर्वास्थित रामजानकी मन्दिरमा राम भगवानको प्रतिमाको प्राण प्रतिष्ठान सोही दिन गर्ने जनाउको छ । यसलाई लिएर रामजानकी मन्दिरमा तीन दिनदेखि भक्तजनहरूको भीड पनि बढेको छ ।




