बारा । बाराको महागढीमाई नगरपालिका १ गढीमाई मन्दिरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २ ग्रामसहित एक जना पक्राउ परेका छन् । सुर्वण गाउँपालिका ७ सनफुलुवा बस्ने ४१ वर्षीय उमेश कुमार यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले बा ९४ प ६११४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






