रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेका विभिन्न सामानहरू नियन्त्रणमा लिएको छ । सामानहरु नियन्त्रणमा लिएर गौर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
भारतीय नम्बरका चार वटा मोटरसाइकलमा रहेका किराना सामान, कपडा, मोबाइल लगायतका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।




