वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका १२ पिपराडी बस्ने ६५ वर्षीय शम्भु खाँ चौधरीको उखुबारीमा जलेर मृत्यु भएको छ । उनी आफ्नै उखुबारीमा उखुको पातमा आगो लगाउने क्रममा जलेर सोमबार घाइते भएका थिए ।
गम्भीर घाइते भएका चौधरीको उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमैं मृत्यु भएको प्रहरीले जनाएको छ । यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




