काठमाडौं । हंगेरी पठाइदिन्छु भन्दै २ लाख ७४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा रौतहट माधव नारायण नगरपालिका ३ घर भई काठमाडौं कुलेश्वर बस्ने २७ वर्षीय चन्दन कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि हंगेरी पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको कुलेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




