काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती र कोशी प्रदेशका पहाडी भेगमा हल्का पानी परेको छ । दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेशका केहि ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविदका अनुसार ठूलो पानी पर्ने सम्भावना भने छैन । आज होली मनाइने तराई मधेशका जिल्लामा दिउँसो केहिबेर छिटपुट मात्रै पानी पर्ने सम्भावना रहेको छ ।
देशका पूर्वी र मध्य भेगमा राति पनि हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय प्रणाली समेत सक्रिय हुँदा बदली र वर्षा भएको हो ।




