जनकपुरधाम । नेपाल प्रहरीका ४ जना असइसहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । जसमा मधेश प्रदेशमा दरबन्दी भएका २ जना पनि समावेश छन् ।
सम्पर्कविहीन हुनेमा मधेश प्रदेश दरबन्दी भएका इलाका प्रहरी कार्यालय बारामा कार्यरत पश्चिम रुकुम घर भएका प्रहरी जवान कमल जिएम र इलाका प्रहरी कार्यालय भारदह सप्तरीमा दरबन्दी भएका सप्तरी कमलपुर घर भएका बिहारी ठाकुर छन् ।
सम्पर्कविहीन भएकाहरूलाई सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएका प्रहरी प्रधान कार्यालयलले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।
तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।




