काठमाडौं । गीतकार डा. हेमन्त खतिवडाको हिन्दी गीतको किताव ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ । कितावमा गीतकारले प्रेमको रोमान्टिक विषयहरुलाई समेटेका छन् ।
गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन् । २०० पृष्ठमा तयार भएको कितावको मूल्य भारु २०० रहेको छ । यस कृतिमा २०० वटा हिन्दी गीतहरु रहेका छन् ।
गीतकार खतिवडा भन्छन्- ‘प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीतलाई पनि म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।’ ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरु बिच लोकप्रिय हुने अपेक्षा गरिएको छ ।




