पर्सा । पोखरीमा डुबेर ८ वर्षीय बालकको निधन भएको छ । बहुदरमाई नगरपालिका ६ गम्हरियास्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने राजु साह तुरहाको छोरा ८ वर्षीय दिलिप साह तुरहाको आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नुहाउने क्रममा पोखरीमा डुबेर अशक्त भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




