वीरगंज । पर्साको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि गाउँपालिका सदस्यले कुटपिट गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहमाथि गाउँपालिका सदस्य दिनेश प्रसादले कुटपिट गरेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार सामान्य विषयमा एकछिन भनाभन परी हात हालाहाल समेत भएको बताइएको छ । घटनास्थलमा प्रहरी टोली पुगेपछि कार्यकारी अधिकृत साहले आफूमाथि पनि कुटपिट भएको भन्दै वीरगंजतिर हिंडेका थिए ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी मोहन बिक्रम केसीको नेतृत्वमा प्रहरी टोली पुगेपछि वीरगंजतिर हिंडेका थिए भने पालिका सदस्य दिनेशलाई अवश्यक सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा लगिएको प्रत्यक्षदर्शीहरुले बताए ।




