दोलखा । दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट बिहिबार साँझ हाम फालेकी छात्राको मृत्यु भएको छ । भवनको साढे पाँच तलाबाट बिहिबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएकी अधिकारीलाई उपचारका लागि काठमाडौं पुयाईएको थियो । उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा राति १२:३० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
पोखराकी घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा अध्ययनरत थिईन् । प्रारम्भिक अनुसन्धानको क्रममा छात्रा अधिकारी डिप्रेसनको बिरामी रहेको देखिएको प्रहरीले जनाएको छ ।




