धनुषा । धनुषाको बटेश्वर गाउँपालिका २ सितापुर खोरिया बस्ने ४५ वर्षीय जिवन बुढाथोकीको करेन्ट लागेर बिहिबार बिहान मृत्यु भएको छ । घर नजिकै रहेको ईनारमा हालेको पानी तान्ने मोटर बाहिर निकाल्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




