बारा । बाराको पचरौता नगरपालिका ४ ईनर्वाबाट अबैध लागूऔषध गाँजा करिव २ सय ३० किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका ४ टेग्राहा बस्ने २३ वर्षीय चन्दन पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले शंकास्पद रूपमा ४ वटा जुटको बोरा बोकी हिँडिरहेको अवस्थामा पासवानलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात सोधपुछ गर्दा सोही ठाउँस्थित बाटोको कलभर्ट मुनि लुकाएको गाँजा लिन बोरा लिएर आएको खुल्न आएपश्चात उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




