वीरगंज । पर्सामा प्रहरीले सत्र लाख बहत्तर हजार सात सय तिस बराबरको सामान नियन्त्रणमा लिएको छ । प्रहरीले मंगलबार सत्र लाख बहत्तर हजार सात सय तिस बराबरको कपडा, मोबाईल पार्टस, प्याज, चियापति र पाडा/पाडी नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न किसिमका लत्ता कपडाहरू, मोबाईलका पार्टसहरू र पाडी/पाडाहरू आवश्यक कारवाहीको लागि बुधबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

मंगलबार पर्साको रजतजयन्ती चोक स्थित सडकखण्डबाट कुर्ता सुरवाल-३१५ पिस, टपस-८०२ पिस, कुर्ता बनाउने थान कपडा २०० मिटर, कार्पेट रोल-३, मोबाईल चार्जर-३९० पिस, मोबाईल बैट्री सानो-४८ पिस, एयर बड्स-३ पिस, डिस्पले-२४ पिस, टेम्पर ग्लास-१२० पिस, डाटा केबल-८० पिस, मोबाइल कभर-६३ पिस, प्याज-१३८८ के.जी., १३० के.जी.र मिट मसाला-८० के.जी. गरी जम्मा सात लाख बतीस हजार सात सय तिस रुपैयाँ बराबरको मालबस्तुहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय ठोरी पर्साले ठोरी गाउँपालिका वडा नं. २ स्थित सडकखण्डमा ना ३ च १०८९ नम्बरको पिकअपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको पाडाहरू ५ गोटा, पाडी १ गोटा गरी ६ गोटा र ना.३ च १०८९ नम्बरको सेतो पिकअप गाडीको जम्मा दश लाख चालीस हजार रुपैयाँ बराबरको पाडा पाडीहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।




