रौतहट । रौतहट स्थित तस्करहरुले विभिन्न नाका हुँदै अबैध रुपमा भारतबाट भित्र्याएको २४ लाख रुपैयाँभन्दा बढीको तस्करीको विभिन्न सामान ५ दिन भित्र प्रहरीले बरामद गरेको छ ।
यही वैशाख ४ गतेदेखि ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्लाको विभिन्न स्थानबाट भंसार छली ल्याएको २४ लाख ५२ हजार १४३ रुपैया बराबरको सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताइन् ।
बरामद लता कपडा, कस्मेटिक, किराना तथा अन्य सामानहरु आवश्यक कारवाहीको लागी आइतबार गौर भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।




