काठमाडौं । प्रदेश २ को बारा र पर्सा जिल्लामा एक एक साताको निषेधाज्ञा थपिएको छ । कोभिड संक्रमणको दर नघटेको भन्दै यी दुवै जिल्लामा जेठ ३० गते रातिदेखि १२ बजेदेखि लागू हुने गरी जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
संक्रमणदर तीव्ररुपमा बढेपछि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा खाद्यवस्तु, तरकारी, दुग्ध पदार्थ, फलफुल लगायतका अत्यावश्यक सामग्रीका पसल बिहान ६ देखि १२ बजेसम्म खुल्नेछन् । जिल्ला प्रशासनले आदेशको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने पनि बताइएको छ ।
त्यस्तै, पर्साका जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पनि काभिड संक्रमण दर फैलिन नदिन थप एक साता निषेधाज्ञा लम्ब्याइएको बताए । पर्सा जिल्लामा आज राति १२ बजेदेखि लागू हुने गरी असार ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको हो ।
यसअघि बिहान ८ बजेसम्म खुल्दै आएको खाद्यवस्तु, तरकारी, दुग्ध पदार्थ, फलफुल लगायतका अत्यावश्यक सामग्रीका पसल भने बिहान १२ बजेसम्म खुल्नेछन् ।




