वीरगंज । बहुदरमाई नगरपालिका ४ डोकैला बहुअरीमा एक जना विवाहित महिला बलात्कारको शिकार भएकी छन् । स्थानीय एक जनाले उनलाई वैशाख १२ गते बलात्कार गरेको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।
प्रहरीले बलात्कारको शिकार भएकी महिलाको स्वास्थ्य परीक्षण गरिएको र अभियुक्तविरूद्ध पक्राउ पूर्जी जारी गरिएको जनाएको छ । दिउँसो खेतमा काम गरेकी महिलालाई पारिश्रमिक दिने बहानामा ती व्यक्तिले बलात्कार गरेको देखिएको छ ।
अभियुक्त निजको घरमा गएको र पति बाहिर गएको तथा दुई जना सन्तान घरमै रहेको अवस्थामा जबरजस्ती करणी गरेको महिलाले प्रहरीलाई बताएकी छन् ।
आरोपीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको र निजविरूद्ध पक्राउ पूर्जी जारी गरिएको प्रहरीले जनाएको छ । आरोपी हाल फरार छन् ।




