काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । शुक्रबार बिहान पाँचखाल नगरपालिका ४ फेदी र जिरोकिलोको बीचमा पूर्ण रुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको हो ।
प्रहरीका अनुसार शवको मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाइको अवस्थामा शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन । जलेको शव पुरुषको रहेको र करिब २५ वर्ष उमेरको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा कुकुरसहितको प्रहरीको अनुसन्धान टोली काठमाडौंबाट ल्याएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा हत्या गरेको देखिएपनि थप अनुसन्धानपछि सत्य तथ्य थाहा हुने प्रहरीले जनाएको छ ।




