महोत्तरी । रातु नदी उत्त्खनन विरुद्ध अदालतले गरेको अन्तरिम आदेशलाई बर्दिवास नगरपालिकाले बदरको माग गरेको छ । जेठ मसान्तसम्म समयावधि भएको हुनाले रोकिएको उत्त्खनन तत्काल सुचारु गर्नुपर्ने मागसहित नगरपालिकाले शुक्रबार रिट दर्ता गरेको हो ।
नगरपालिकाका कर्मचारी दिपक पौडेलसहितले अख्तियारी प्राप्त गरी दायर गरेको निवेदनमा शंकर महतोसहित निवेदकहरुलाई विपक्षी बनाइएको छ ।
यसअघि मापदण्डको अनुसरण नगरी उत्त्खनन गरिएको र जनताको तटबन्धनलाई समेत असर पुग्ने अवस्था देखिएको हुनाले अन्तरिम आदेश जारी गर्नुपरेको प्रारम्भिक सुनुवाई भएको थियो ।
सर्वोच्च अदालतले पटक पटक पुर्ण सुनुवाईको मिति निर्धारण गरेतापनि बहस नभएको र एकतर्फी निवेदकहरुको आधारमा असोज ६ गते अर्को पेशी तोकिएको प्रती असन्तुष्टि जनाउदै विभिन्न आधारहरु उल्लेख गर्दै अन्तरिम आदेश खारेजीको भागीदार भएको रिटमा दावी गरिएको छ । रिटको पेशी भने आइतबारलाई तोकिएको छ ।




