सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ८ रामपुरबाट अवैध लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले मंगलबार बिहान ५ किलो गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले गाँजा बरामद गरेको हो ।
लालबन्दी नगरपालिका ३ जब्दीस्थित भित्री सडकमा जब्दिबाट रामपुरतर्फ जाँदै गरेको प्रदेश ०३-००३ प ०७२३ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा मोटरसाइकल नरोकी चालक भागेका थिए ।
प्रहरीले उक्त मोटरसाइकललाई पछ्याउने क्रममा मोटरसाइकल र झोला छोडी चालक फरार भए पश्चात झोला तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




