पर्सा । सखुवाप्रसौनी गाउँपालिकामा कर्मचारीहरू समयमा कार्यालय नआउँदा सेवाग्राहीहरूले दु:ख भोग्नुपरेको छ । कार्यालय सहयोगी समयमा आएर सम्पूर्ण कार्यालय खोले पनि अधिकांश शाखा प्रमुख तथा कर्मचारी ११ बजेपछि मात्र कार्यालय आउने गरेका स्थानीय सेवाग्राहीले गुनासो गरेका छन् ।
जनमत पार्टीका नेता जयभोले यादव र अनिल शर्माले यस बारेमा गापा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पटक पटक गुनासो गरेपनि बेवास्ता गरिएको बताए । यस बारेमा प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद रौनियारले कर्मचारीहरू फिल्डमा खटेकाले कार्यालय आउन ढिला भएको बताए ।




