काठमाडौं । भिख माग्ने निहुँमा लुटेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणा घर भएका २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना छिन् ।
गत असार १३ गते काठमाडौंको सेतो पुलमा डेरा गरेर बस्ने ३५ वर्षीया उर्मिला श्रेष्ठको डेरामा भिख माग्ने निहुँमा गएर उनीहरुले गहना लुटेका थिए । सिन्धुलीको कमलामाई नगरपालिका १२ घर भएर सेतो पुलमा बस्ने श्रेष्ठको कानको रिङ लुटेर उनीहरू फरार भएका थिए ।
आरोपीहरूलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटना बारे प्रहरी वृत्त माली गाउँले अनुसन्धान गरिरहेको छ ।




