रौतहट । रौतहटको पूर्विभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट स्थित बागमती नदिमा नुहाउने क्रममा डुबेको ३ जना बालक मध्ये २ जनाको उद्वार भएको छ भने एक जना बालकको खोजी कार्य जारी छ । बिहानैदेखि लागेको चर्को घामले अत्यधिक गर्मि लागेर सोमबार दिउँसो स्थानिय हस्बुदिन कवाडीको छोरा वर्ष १० को सफर कवाडी र केशर कवाडीको छोरा वर्ष १२ को सयदुल्ला कवाडी वर्ष ८ को सफर कवाडी गाउँ छेउको बागमती नदीमा नुहाउन गएका थिए ।
नदीमा पौडी खेल्ने क्रममा तीनै जना बालकहरू पानीमा डुबेपछि स्थानीयले सयदुल्ला कवाडी र हसर कवाडीलाई पानीबाट निकालेर तत्काल उपचारको लागि गरुडा तर्फ पठाएको थियो । हस्बुदिन कवाडीको छोरा वर्ष १० को सफर कवाडी नदीमा बेपता भएका छन् । घटनाको खबर लगत्तै सशस्त्र प्रहरी सुरक्षा बेश समनपुरका सई सत्य नारायण माझीको कमाण्डमा ७ जनाको टोली, प्रहरी चौकी बरियारपुरबाट असई बिन्देश्वर यादवको कमाण्डमा ३ जना र स्थानियद्धारा खोजि कार्य हुँदा पनि बालक फेला परेका छैनन् ।
पछिल्लो सूचनाको आधारमा सशस्त्र प्रहरी ११ गणबाट इन्स्पेक्टर भुवन घिमिरेको कमाण्डमा १० जना बोडसहित, सुरक्षा बेस सन्तपुरबाट असई कृष्णनन्दन रायको कमाण्डमा ७ जना, सुरक्षा बेस दुधियाभारबाट २ जना र सुरक्षा बेस भलोहियाबाट ४ जना लगायत ३० जनाको टोलि परिचालन गरेर बेपत्ता बालकको खोजी कार्य भई रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् । यस्तै उद्धार भएका दुई बालकको अवस्था खतरामुक्त रहेको एसपी हुमागाईंले जानकारी दिए ।




