रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो १०० दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । सोही सेरोफेरोमा प्रेमचन्द्र झाले गरेको अन्तर्वार्ता प्रस्तुत छ ।
रौतहट बसाई कस्तो रहेको छ ?
रौतहट आएको १०० दिन मात्र पुगेको छ । यस अवधिमा हामीले के के गयौं भर्खरै सार्वजनिक गरेका छौं । अपराध अनुसन्धान लगायतका जति पनि गतिविधि छ सार्वजनिक गरिएका छन् । नेपालमा सबैभन्दा धेरै मुस्लिम बसोबासको हिसाबले शिक्षा स्वास्थ्य रोजगारको हिसाबले चुनौति छ । जिल्लाका कुन कुन कुरामा काम गर्नु परेको छ । त्यसमा काम गरेपछि रिज्लट पनि देखिएका छन् । स्वच्छ निष्पक्ष दवाव रहित सेवा मलाई लाग्छ नागरिक स्तरसम्म पुगेको छ । आएका चुनौतिलाई सहर्ष स्विकार्दै चुनौतिको सामना गरेर आगाडी बढेको छु ।
रौतहटको बारेमा जतिको बाहिर प्रचार भएको छ, यथार्थमा सकारात्मक एवम् नकारात्मक के पाउनु भयो ?
तराईको जिल्लामा मैले केहि समय काम गरेको छु । धनुषा र बारामा बसेर काम गर्ने अवसर पाएको छु । रौतहटको बारेमा जुन किसिमको बाहिर बुझाई छ । जिल्लामा आई सकेपछि त्यतो लाग्दैन । तर, केहि चुनौति पक्कै पनि छन् । रौतहटमा केहि मिडियाकर्मि साथीहरूले समाचार सम्प्रेषण गर्ने अवस्थामा सत्य तथ्य नबुझी भएको भन्दा फरक किसिमले समाचार सम्प्रेषण गर्दा समस्या हुने गर्दछ । जस्तो उदाहरणको लागि कसैको श्रीमान श्रीमतिको झगडा भयो भने शान्ति सुरक्षासँग जोडेर समाचार सम्प्रेषण गरिन्छ ।
शान्ति सुरक्षा के हो भने विना कुनै कारण व्यक्तिको हत्या हुन्छ, त्यसलाई शान्ति सुरक्षासँग जोडन सकिन्छ । रौतहटमा भएका राम्रा कुरा मिडियामा आउँदैन । नेगेटिभ कुरा बढी प्रचार प्रसार हुने गरेका कारण बाहिरबाट थ्रेट भएको, सुरक्षा चुनौति भएको जिल्लाको रुपमा देखिन्छ । मैले यहाँ आएर करिव १०० दिनको अवधिमा के महसुस गरे कि बाहिरबाट बुझेको जस्तो रौतहट छैन । भित्रबाट एकदम सामान्य छ । अहिलेका केहि घटना क्रमलाई हेर्ने हो भने ठूला किसिमका प्रहरीले सुरक्षा चुनौति हुने खालका घटना घटेको छैन । ठूलो चुनौति तथा नकारात्मक रुपले सोच्नुपर्ने अवस्था अहिलेसम्म आएको छैन ।
पुलिस हेड क्वाटरमा अतिरिक्त कमाई हुने ठाँउको रुपमा रौतहटलाई लिने गरेको सुनिन्छ । तपाईंलाई हेड क्वाटरले कुन रुपमा व्यवहार गरि रहेका छन् ?
आर्थिक प्रलोभनमा परेर काम गर्ने नियत भएका मानिसलाई पैसा कमाउन तराईमा आउनु पर्दैन । जँहा पनि पैसा कमाउन सक्छन् । तराईको जिल्लामा भारतसँग सिमाना जोडिएको भन्सार छलि चोरी हुने ठाँउ भएको हुनाले यहाँ आउनेको नियत खराब हुन सक्छ । त्यस हिसाबले बुझ्न सकिन्छ । यसमा मेरो पहिलो प्राथमिकता के थियो भने आर्थिक प्रलोभनमा नपर्ने । म आएको १०० दिन भएको छ । यस अवधिमा कुनै पनि रुपले आर्थिक प्रलोभनमा परेको छैन । तस्करी, मुद्दा मामिला वा गिट्टी बालुवा होस । कुनै पनि काम आर्थिक प्रलोभनमा परेर गरेको छैन । फलस्वरुप त्यसको रिजल्ट पनि दिन थालि सकेको छ ।
हाम्रो मुख्य दायित्व नै त्यस्ता गतिविधि न्युनिकरण गर्नु हो । शत प्रतिशत रोक्न त गाह्रो होला । तर, कार्यालय प्रमुखले चाहे भने त्यसलाई कति हदसम्म कम गर्न सकिन्छ भन्ने तिर लाग्ने हो । ती कुरालाई रोक्नका लागि हामीले भन्सार चोरी तस्करीका सामान समातेको परिणाम तथा भन्सारको राजश्व वृद्धिबाट सजिलै अनुमान लगाउन सकिन्छ ।
१०० दिने रिपोर्टमा सफल अनुसन्धानका घटनालाई बढी हाईलाईट गर्न खोजिएको छ । सफल अनुसन्धान भनेर के बुझनेरु यसमा उल्लेख भए जति सफल बाकीको हकमा के बुझ्ने ?
जघन्य प्रकृतिका कर्तव्य ज्यानका घटनाहरुलाई बढी महत्त्व दिइएको छ । अरु घटना भोलिका दिनमा करेक्सन हुन सक्छन् । तर, ज्यान गई सकेपछि करेक्सन हुने वा क्षतिपूर्ति पाउने सम्भावना रहदैन । त्यस हिसाबले कर्तव्य ज्यानको घटनालाई सिरियस रुपमा लिने गरिन्छ । यस आर्थिक वर्षमा भएका त्यस प्रकृतिका सबै घटना अभियुक्तलाई पक्राउ गर्न सफल भएका छौं । घटनाको बारेमा सबै कुरा बाहिर आई सकेका छन् । संलग्न व्यक्ति पक्राउ परि सकेकालाई सफल अनुसन्धान भन्छौं ।
न्याय सम्पादनको हिसाबले निर्दोषलाई नफसाउ भन्छन् तर हाम्रो यहाँ जाहेरी र पिडितको कथित बयानको आधारमा दर्जनौ निर्दोष व्यक्ति उपर मुद्दा दर्ता गरेर फसाएको छु जस्तो महसुस हुँदैन ?
मैले महसुस गरेको र तपाईंले बझेको कुरा एकदम सहि हो । यस प्रश्नका लागि धन्यवाद । तराईमा कुनै पनि घटना हुँदा अधिकांश केशहरुमा रिस उठेका सबै व्यक्तिको नाम जाहेरीमा राख्ने चलन सामान्य भएको छ । उदाहरणका लागि कुनै विवाहित महिलाले आत्महत्या गरिन भने त्यसमा उसको श्रीमानको साथ साथै सासू ससुरा, देवर देवरानी, जेठाजु जेठानी, नन्द लगायत घरभरी सबैको नाममा मुद्दा हाल्ने प्रचलन छ । त्यसमा मेरो पहिलो प्रयास के हुन्छ । तपाईले बुझे जस्तै मेरो ध्ये के हुन्छ कि सयौ अपराधि प्रमाण अभावमा छुटोस् तर एउटा पनि निर्दोष मानिस नफसोस् । जाहेरीको भरमा निर्दोष व्यक्तिलाई फसाउने काम नहोस् । तर, यहाँ चेतना कम भएका समुदायहरु पनि छन् । यहाँ सांसद भएको नगर प्रमुख भएको व्यक्तिको दवावमा मुद्दा चलाउनैका लागि आउने गर्दछन् ।
कन्भिन्स गर्दा पनि हुँदैन त्यसपछि प्रहरीको दायित्व के हुन्छ कि जाहेरी परि सकेपछि जे जसको नाममा आएको छ । जाहेरी दर्ता गर्ने र प्रहरीले प्रारम्भिक अनुसन्धानमा जे देखेको छ । को संलग्न छ, छैन त्यसै अनुसार प्रकृया बढाउने गरिएको छ । अदालतले जसको नाममा पक्राउ पुर्जी जारी गर्दछ, त्यसलाई हामीले पक्राउ गरेर मुद्दा अगाडि बढाउने गरिन्छ । कुनै पनि निर्दोष व्यक्ति विना कुनै कसुर एक घन्टा पनि प्रहरीको थुनामा नपरोस् भनि हिसाबले हामी काम गरि रहेका छौं । महिला तथा बालबालिकाको क्षेत्रमा बढी काम भएको रिपोट छ तर जिल्ला प्रहरी रौतहटमा भिडभाड अचेत आएको बढी उजरी उहाँहरु केै बढी छ ।
यसलाई यहाँले कुन रुपमा लिनु भएको छ ? यहाँ दर्ता भएका अन्य मुद्दामा निराकरणमा त्यति प्रगति किन भएन ?
महिला बालबालिका अत्यन्तै सम्वेदनशिल हुन्छन् । महिला र बालबालिकालाई राज्यले पनि विशेष ग्राहयता दिएका छन् । राज्यको नीति अनुसारले नै नेपाल प्रहरीले पनि त्यसलाई विशेष प्राथमिकता दिएर हेरि रहेको हुन्छ । हाम्रो युनिटहरुमा महिला बालबालिका तथा जेष्ठ नागरिकको छुट्टै युनिट खडा भई सेवा दिई रहेका छन् । महिला बालबालिकाको कर्तव्य ज्यान वा बलात्कार केश भयो भने अर्को शिर्षकबाट हेरिन्छ ।
महिला बालबालिकाको बढी केश कस्तो हुन्छ कि घरेलु हिन्सा, यौन दुर्व्यवहार, परिवारिक हिम्सा, शारीरिक मानसिक यातना दिने कार्य हुन्छ । यो कहाँबाट भएको हुन्छ भने घरको श्रीमान, सासूससुरा, यस्ता घटना कतिपय मुद्दामा जान्छ कतिपय मिलेर जानूपर्ने खालका घटनाहरुमा त्यही अनुसार गरिन्छ । तर अन्य मुद्दाको हकमा आफूले चाहे जस्तो प्रगति हुँदैन । महिला तथा बालबालिकाको मुद्दा छलफलमा बढी टुङ्गिने हुँदा प्रगति बढी देखिएको छ ।
मिटर व्याजि बारे के बुझ्नु भएको छ । यसमा पनि प्रगति भएको देखिएन किन ?
रौतहटमा २०/२५ वर्ष पहिलेका केश पनि मिटर व्याजिका नाममा आएका छन् । वास्तविक पिडित पनि मिटर व्याजिमा आएका छन् । कसैले एक जनाको सम्पत्ति लिएर पाँच जनामा ट्रन्सफर गरि सकेका छन् । मिटर व्याजिमा मुद्दा हालेर खेत खनजोत गर्न पाईन्छ कि भन्ने हिसाबले पनि मुद्वा आएका छन् । यी सबै कुरालाई हेर्न आएको अनुचित लेनदेनको कानुनले कतिपय पुराना मुद्दासँग मेल खादैन । मुद्दा दर्ता गर्दा पनि पक्राउ पुर्जी आई दिदैन । यसको आलावा के गर्छौ भने मिलापत्र गराउने छलफल चलाउने । सहज केश छलफलको आधारमा टुगिएका छन् । जुनकेस छलफलको आधारमा टुगिदैन केहि केश नमिलेर प्रगति कम भएको हो ।
मिटर व्याजिमा काम गर्न सकिएन जस्तो लाग्दैन ? १५०० उजुरीमा पैंतालीस जनाको मात्र समाधान हुनु कम भएन ?
कम्तिमा ४५ जनाले त न्याय पाए । केही कानुनी समस्या होला केही व्यवहारीक समस्या होला । यति जनाले न्याय पाउनु कम चाहि होइन । हामीले निरन्तर प्रयास गरेका छौं । मुद्वालाई प्राथमिकता निराधारण गरेका छौं । सहज मुद्वा, निवेदक र पिडित आएका मुद्वाहरुलाई छुट्यार छलफल गरि रहेका छौं ।
तपाईं रौतहट आउन साथ पत्रकार सम्मेलन गरेर तस्करी लगायत सिमानामा हुने अपराध, जुवातास, अबैध मदिरा भठ्ठी तोड्ने लगायतका प्रतिबद्वता गर्नुभएको थियो । ती सबै विषयमा अझै प्रतिबद्व नै हुनुहुन्छ कि कम परमाईज गरेर काम भई रहेको छ ?
मैले परिचयात्मक कार्यक्रममा गरेको प्रतिबद्वता पूरा गरे कि गरेन सय दिने रिपोर्टले नै धेरै कुरा बताएको छ । तपाईले सुन्नु भएका जानकारी लिनु भएका जति कुरा छन् । त्यसबाट पनि अनुमान लगाउन सक्नु हुन्छ । मैले जुन जुन कुरा भने त्यो हिसाबले आफूले बढि नै काम गरेको छु जस्तो लाग्दछ ।
आर्थिक प्रलोभनमा नपरेर कुनै दवावमा न परेर निष्पक्ष हिसाबले कसैको सिफारिस दलाली वा पञ्चायती नगरिकन । पिडितले न्याय पाओस । सेवा पाओस भने जुन लक्ष्य लिएको थिए । त्यस अनुसार काम गरि रहेको छु । पहिले कति भिडभाड हुन्थे जिल्लामा विस्तारै भिडभाड घटदै छन् । कुनै व्यक्तिले न्याय न पाएको गुनासो गर्ने अवस्था छ जस्तो मलाई लाग्दैन । मैले हरेक केशमा आफैले ईन्टरेस्ट लिएर सम्बोधन गरि रहेको छु । त्यसको आधारमा मेरो १०० दिनलाई समीक्षा गर्ने हो भने बोलेको भन्दा बढि नै गरेको छु जस्तो लाग्छ ।
तपाईं आउन साथ रौतहटमा तस्करी रोकिए अब सरकार परिवर्तनसँगै तस्करी खुलाउने भगिरथि प्रयास सुरु भएको छ । अब तपाईं तस्करी रोकन सक्नु हुन्छ ?
सरकार जुनसुकै आएपनि गलत काम गलतै हो । भन्सार छलि चोरी तस्करी, अपराध अपराधै हो । सरकार परिवर्तन भयो । तस्करीका लाईन खुल्नुपर्छ मैले पनि सुनेको छु । यस्ता कुरा गरेर भ्रम सृजना गरेको छ । मैले त हिजोको भन्दा पनि झन कडाईका साथ जानु पर्ने हुन्छ । यहाँ बुझ्नु पर्ने कुरा के हो भने अपराध सधैं अपराध नै हो । त्यसैले जुनसुकै सरकार आएपनि जुन पछिल्लो तीन महिनामा हेर्नुभयो त्यही कायम रहन्छ । सेटिङ गर्ने तस्करी गर्ने काम हुँदैन । यसमा सरकार खोल पनि भन्दैन बन्द गरपनि भन्दैन । यो त आफैमा अपराधको रुपमा व्याख्या भई सकेको विषयलाई कसैले पनि गर भन्दैन । यसमा कसैले गलत मनसाय लिई न परोस भनि यसै मिडिया मार्पत सबैलाई अनुरोध पनि गर्न चाहन्छु ।
तपाईं एक जनालाई अलग राखेर बाकी तस्करी लाईन मिलाएको छ भने सेटिङ भएकोमा के गर्नु हुन्छ ? सधैभरी बन्दुक लिएर बोडरमा तपाईको ड्युटी त हुँदैन ?
जो चौकी ईन्चार्ज भएर गएका छन् । उँहाहरुको आचारसंहिता बनाएका छौं । त्यो आचारसंहितामा सिगनेचर गराएर मात्र चौकीका ईन्चार्ज दिन्छौं । र म आफै पनि नेपाल सरकारले राजश्व चुहावटमा दिएको कडा निर्देशन अनुसार उनीहरुलाई ब्रिफिङ गरेर पठाएको छु । तैपनि यदाकदा त्यस्तो गतिविधि भएको सुनियो भने म आफै वा डिएसपी साहेव मार्फत भेरिफाई गरेर समान पक्राउ गर्ने लगायतका काम निरन्तर रुपमा गरि नै रहेको छु ।
चौकी ईन्चार्जको संलग्नता देखिए प्रमाणको आधारमा ठाँउका ठाँउ कार्वाही गर्ने । प्रमाण देखिएन चोकी ईन्चार्ज हेरफेर गर्ने गरेको छु । त्यस्तो किसिमको कुरा आए भने गराउने व्यक्तिलाई म छोडदा पनि छोडदैन । १५ वर्ष पहिलाको नेपाल प्रहरी र हलको नेपाल प्रहरीमा धेरै परिवर्तन भई सकेका छन् । प्रहरीमा धेरै परिवर्तन भई सकेको छ । पहिलाको आँखाले होईन नयाँ आँखाले नेपाल प्रहरीलाई हेर्न जरुरी छ । जनतामा जुन प्रहरी प्रतिको धारणा छ, त्यो परिवर्तन हुन अझै समय लाग्दछ ।






