काठमाडौं । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ६ मंहाकाल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेको व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




