सिरहा । सिरहामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका ६ बस्ने २४ वर्षीय विनय सिंह र भारतको बिहार राज्य जिल्ला मधुवनी चौपाया ४ बस्ने ३४ वर्षीय रोशनकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
दुवै जनालाई ब्राउन सुगर १०३ ग्रामसहित पक्राउ गरिएको हो । बरियारपट्टी गाउँपालिका ३ हुलाकी सडक खण्डभन्दा ५० मिटर दक्षिण पेट्रोल पम्पस्थितमा लागूऔषध बिक्रि वितरण भइरहेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटेको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




