बारा । बारामा ३१ किलोग्राम गाँजा बरामद भएको छ । जितपुरसिमरा उपमहानगरपालिका २१ बिटमिनस्थित सडकबाट अवैध लागूऔषध गाँजा ३१ किलोग्राम गएराति प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ना ३५ प ७४७९ नम्बरको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरूले मोटरसाइकल छाडी फरार भएका थिए ।
उनीहरु फरार भए पश्चात प्रहरीले मोटरसाइकलमा रहेको झोला तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




