दाङ । दाङमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । शान्तिनगर गाउँपालिका १ हाँडिचार तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जिप आइतबार साँझ करिब साढे ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिपमा सवारमध्ये सल्यान त्रिवेणी गाउँपालिका ३ टोट्केका करिव ४६ वर्षीय यमबहादुर केसीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सल्यान त्रिवेणी गाउँपालिका ३ की ४५ वर्षीया ऐश्वर्य केसी, ४५ वर्षीया पार्वती केसी, ३४ वर्षीया रेखा ओली घाइते भएकी छन् ।
यस्तै २५ वर्षीया सरिता खड्का, ३१ वर्षीया रोजिका ओली र लमजुङ मध्यनेपाल नगरपालिका ७ की २४ वर्षीया लिला बास्तोला घाइते भएको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएर उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप घटनास्थलमा रहेको र चालक फरार रहेका हुँदा खोजी भइरहेकाले घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




