सप्तरी । सप्तरीको तिरुहुत गाउँपालिका २ स्थित बरहारा र मैनाकडेरीको बीचमा रहेको पुल भत्किदा आवागमन ठप्प भएको छ । अविरल वर्षासँगै आएको बाढीले पुल भत्काउंँदा सडक अवरुद्ध भएको हो ।
केहि समय अघि आएको बाढीले चन्द्र नहरमा निर्माणाधीन पुल भत्काएको हो । पुल भत्किएसँगै राजविराज–कञ्चनपुरखण्ड आउजाउ गर्ने नागरिकलाई समस्या परेको छ ।




