बारा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका ४ शान्तिटोल बस्ने ३२ वर्षीय संजोक खतिवडा र सोही नगरपालिका ५ बाग्देब बस्ने २७ वर्षीय दिनेश चौलागाई रहेका छन् ।
मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले ती बालिकालाई निजगढ नगरपालिका ६ छोटीमार्गस्थित केरा घारीमा लगेर जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




