काठमाडौं । पाल्पाको तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रानीमहलतर्फ जाँदै गरेको यूपी १४ डीएन १०४ नम्बरको कार गएराति पौने ११ बजेतिर तानसेन १ स्थित नारायण डाँडामा दुर्घटनामा परेको हो । कार सडकबाट १५० मोटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार कारमा सवार अन्य पाँच जना भने सकुशल रहेको जानकारी दिए ।




