बाँके । बाँकेमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । यस्तै थप तीन जना घाइते भएका छन् । बुधबार अपराह्न साढे ४ बजे राप्तीसोनारी गाउँपालिकाको ४ स्थित हुलाकी सडकखण्ड अन्तर्गत लालपुरमा चोकमा भे १ प ३९९५ र भे १२-४८२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक यामबहादुर बुढाका अनुसार दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका ४ का ३७ वर्षीय रामशरण थारु र राप्ती सोनारी ३ का १९ वर्षीय बसन्त थारु रहेका छन् ।
उनीहरूको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङ होममा मृत्यु भएको हो । दुर्घटनामा परी भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्दिया राजापुर ४ घर भएर हाल राप्तीसोनारी ४ धामपुरमा बस्दै आएका ३१ वर्षीय अजय दहित घाइते गम्भीर घाइते छन् । उनको नेपालगन्ज उपचार जारी छ ।
त्यस्त भे १२ प ४८२४ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी ३ खैरेनीका १६ वर्षीय संगित थारु र राप्ती सोनारी ३ खैरेनीका २१ वर्षीय संजय थारु पनि घाइते छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।




