पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात पुन: एकतर्फी सञ्चालनमा आएको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं ४ दाउन्नेस्थित खोर्सानी खोलामा सडक भासिएपछि पुर्व पश्चिम यातायात अवरुद्ध भएको थियो ।
सडकको मर्मतपछि आज बिहान ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
सडक मर्मत गरी आजै दुई तर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको उनले बताए । यद्यपि सडक भासिने क्रम नरोकिएकाले तत्काल दुई तर्फी सडक सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् ।




