गुल्मी । गुल्मीमा जिप दुर्घटना भएको छ । आज बिहान गुल्मीको मुसिकोट नगरपालिका ५ इन्द्रेगौडा नजिकै जिप दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।
बुटवलबाट गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड हुँदै बाग्लुङको बडिगाड गाउँपालिकातर्फ जाँदै गर्दा शुक्रबार बिहान दुर्घटना भएको हो । लु २ ज ४४४८ नम्बरको यात्रुवाहक जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।




