रुपन्देही । देवदह नगरपालिका ९ भलुहीका ५० वर्षीय दशरथ चौधरीले आफ्नै कान्छी श्रीमती ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको आरोपमा मंगलबार बेलुकी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार, दशरथले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी सुनिताको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको थियो ।
घटना भएलगत्तै अस्थायी प्रहरी पोष्ट भलुही र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले दशरथलाई पक्राउ गरेको हो । प्रहरीले यस घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




