काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार यसबेला मधेश, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।




