काठमाडौं । शुक्रबार कोशी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ, जबकि अन्य क्षेत्रहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
शुक्रबार राति पनि कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली जारी रहनेछ, र अन्य क्षेत्रमा आंशिक बदलीका बीच मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना कायम छ ।




