नवलपरासी । नवलपरासी जिल्लाको कुम्सोतमा मंगलबार साँझ भएको अटो दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ साढे ५ बजेको समयमा कुम्सोतबाट दल्दलेतर्फ आउँदै गरेको प्रदेश नम्बर ४ पी ००१ हृ ००७२ नम्बरको अटो नियन्त्रण गुमाएर दुर्घटना भएको हो । घाइतेहरुको देवचुली अस्पताल दल्दलेमा उपचार भइरहेको छ ।






