जनकपुरधाम । मिथिलाञ्चलको सबैभन्दा महत्त्वपूर्ण पर्व छठ आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न भएको छ । शुक्रबार विहान ब्रतालुहरू पानीमा उभिएर उदाउँदै गरेको सूर्यलाई अर्घ्य चढाएका छन् ।
मंगलबारदेखि सुरु भएको यो पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि सम्पन्न गरिएको थियो । बुधबार पर्वको दोस्रो दिन, ब्रतालुहरूले दिनभर व्रत बसेर राति खीर बनाएर देउतालाई चढाए र खरना विधि सम्पन्न गरेका थिए ।
बिहिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको मुख्य दिन मनाइएको थियो भने आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिवत् रूपमा छठ पर्व समापन गरिएको छ ।




