काठमाडौं । पश्चिम नवलपरासीको प्रतापपुरमा बसमा चढ्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका ९ खैरेनीस्थित त्रिवेणीदेखि बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ३६६३ नम्बरको बसमा चढ्ने क्रममा स्थानीय जगदीश थारु लडेर घाइते भएका थिए ।
घाइते थारुलाई उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ । दुर्घटना भएको बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।




