भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । भक्तपुरबाट काठमाडौं जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान सोही दिशातर्फ गइरहेको बा प्र ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा ४१ वर्षीया नवीना देउलाको मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरले जनाएको छ । गम्भीर घाइते भएकी देउलाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा उनकी श्रीमान् पनि घाइते भएका छन् ।
उनको उपचार भक्तपुरको नागरिक अस्पतालमा भइरहेको छ । घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।




