दाङ । दाङको घोराहीबाट तुलसीपुरतर्फ गइरहेको रा १ ख १३८२ नम्बरको बस शुक्रबार तुलसीपुर १८ डाँडागाउँमा अनियन्त्रित भएर दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । घटना बारे जानकारी दाङका प्रहरी निरीक्षक प्रकाश थापाले दिए ।
घाइते हुनेमा तुलसीपुर १८ का १८ वर्षीय चलमान बुढामगर, ३२ वर्षीय इन्द्रा थापा, ६३ वर्षीय नरबहादुर नेपाली, ५९ वर्षीया रमा परियार, ३६ वर्षीया नन्दकली वली र २९ वर्षीया आकृति पुन मगर रहेका छन् ।
त्यस्तै, तुलसीपुर १७ का १७ वर्षीया आँचल शर्मा, ३६ वर्षीय राधा केसी, ७९ वर्षीय दुर्गाबहादुर केसी, ७८ वर्षीया नमा केसी र ४६ वर्षीय नरबहादुर नेपाली घाइते भएका छन् ।
घोराहीबाट घाइते हुनेमा घोराही ५ का ५२ वर्षीय तिलविक्रम गिरी, घोराही १७ का ४० वर्षीय गङ्गाराम पोख्रेल, घोराही १५ का ५४ वर्षीय डबलबहादुर डाँगी, घोराही ११ का २५ वर्षीय माधव डाँगी र ६० वर्षीय रुद्रबहादुर कामी छन् ।
यस्तै अन्य घाइतेहरूमा शान्तिनगर गाउँपालिका ६ का २४ वर्षीय नवीन वली, सल्यान शारदा नगरपालिका १० का ३६ वर्षीय ढाकाराम कुँवर, बुटवल उपमहानगर ११ का २६ वर्षीय नवीन पराजुली, भारतीय नागरिक ३९ वर्षीय कल्याण जगम र बसका सहचालक २२ वर्षीय सागर नेपाली छन् ।
केही घाइतेको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ । बसका चालक, घोराही १० बस्ने २८ वर्षीय मनोज चौधरी भने दुर्घटनापछि फरार रहेका छन् । प्रहरीले चालकको खोजी गर्दै घटना बारे थप अनुसन्धान गरिरहेको छ ।




