काठमाडौं । काठमाडौंबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३६४४ नम्बरको बस बाँकेको राप्ती सोनारी गाउँपालिका ८ मगुवामा दुर्घटनाग्रस्त भएको छ । बस सडक छेउको रुखमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार, विपरीत दिशाबाट आएको ट्रकलाई जोगाउने प्रयासमा बस रुखमा ठोक्किँएको थियो । बसमा २४ जना यात्रु सवार थिए । घाइतेहरूलाई कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।
दुर्घटनापछि बस चालक, कैलालीको गोदावरी नगरपालिका १ निवासी ३६ वर्षीय रामबहादुर डाँगीलाई नियन्त्रणमा लिएको बाँके जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




