बुटवल । बुटवलमा जिप दुर्घटनामा परी एक दम्पतीसहित तीन जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल १२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी ६७ वर्षीया पत्नी गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा जिप पुलको डिभाइडरमा ठोक्किँएर पल्टिएको थियो । दुर्घटना पुल पार गरेपछिको मोडमा भएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
दुर्घटनाग्रस्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । मृतकहरूको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




