कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ६ पैकिवण्डामा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार १५ वर्षीया शान्ति यादव गडगौडा खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।
शान्ति स्थानीय शालिकराम अहिरकी छोरी हुन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र परिवारले घटनाको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन् ।




