रूपन्देही । तिलोत्तमा नगरपालिका ४ ड्राइभरटोलका १८ महिनाका बालक राजिव भट्टको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । राजेन्द्र भट्टका छोरा राजिव शुक्रबार बिहान पानीको खाल्डोमा डुबेर अशक्त भएका थिए ।
उनलाई तत्कालै उपचारका लागि चौराह अस्पताल, बुटवल लगिएको थियो । थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा पुर्याइए पनि शुक्रबार राति उनको मृत्यु भएको हो । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




